कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु 

कपिलवस्तु। कपिलबस्तुको वाणगंगा नगरपालिका–२ गोबडिहवामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल चालक वाणगंगा नगरपालिका–२ बस्ने २५ बर्षिय रमेश बिक र मोटरसाइकलमा पछाडी सवार २७ बर्षिय गोपाल बिक रहेका छन् ।  आज बिहान ९ बजे लखनचोक सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोक्किदा दुबै जना घाइते भएका थिए ।

घाइते दुबै जनाको उपचारको क्रममा लुम्बिनि प्रादेशिक अस्पताल बुटवलमा बिहान सवा १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);