छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौँ, ११ मंसिर । छुट्टाछुट्टै मोटरसाईकल दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका-२ पिपरामा गएराति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। राति सवा ९ बजे ना २ ख ९९२९ नम्बरको ट्रकले लु१६प ५२०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक, रुपन्देहीको सैनामैना नगरपालिका-१ का २० वर्षीय प्रेम थारु र मोटरसाइकलमा पछाडी सवार सोही ठाँउका १७ वर्षीय राजेश थारुको मृत्यु भएको हो।

त्यस्तैगरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ दाउन्नेमा सोमबार बिहान ४ बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार बा७९प ७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय २८ वर्षीय भुवन पाण्डे र पछाडी सवार ३० वर्षीय मित्र अधिकारी रहेका छन्। दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ। तीव्र गतिका कारण अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीको अनुमान छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);