सुमो दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

सुमो दुर्घटनाका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

हेटौँडा ।

मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । रौतहटको चपुरबाट काठमाडौँ जाँदै गरेको उक्त सुमोका चालक कालुमान लोप्चनका अनुसार उनले अचानक अन्धकार देखेपछि गाडी सडकबाट तल खसेको हो । ‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ घाइते अवस्थामा उपचारका लागि हेटौंडा ल्याइएका उनले भने । दुर्घटनाका घाइतेलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।

Leave a Reply