भिमफेदी–कुलेखानी सडकखण्डमा सुमो दुर्घटना दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

भिमफेदी–कुलेखानी सडकखण्डमा सुमो दुर्घटना दुई जनाको मृत्यु

हेटौंडा, १८ असोज । भिमफेदी–कुलेखानी सडकखण्डमा हेटौंडाबाट काठमाण्डौ जाँदै गरेको टाटासुमो दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

ना १ ज ४१०६ नम्बरको सुमो दुर्घटना हुँदा ६ जनाको जिवितै उद्धार गरिएको छ भने दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृतक दुबैजना पुरुष हुन् ।

दुर्घटनामा परी घाइते भएका ३ जनाको उद्दार गरी प्राथमिक स्वास्थ्य चौकी भीमफेदी र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दिउँसो करिब साढे १२ बजेको समयमा सुमो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको टाटा सुमो उकालोमा टर्निङ नपुगेर व्याक गर्ने क्रममा सडकबाट करिब एक सय मिटर तल खसेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);