मकवानपुरमा देउसी समूहलाई बसले ठक्कर दिदाँ दुई जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

मकवानपुरमा देउसी समूहलाई बसले ठक्कर दिदाँ दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा बसले देउसीभैलो समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति हेटौंडाबाट भरतपुर जाँदै गरेको बागमती प्रदेश ०३, ००१ ख ०९३६ नम्बरको बसले नेवारपानीमा देउसीभैलो खेलिरहेकालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका १५ का सुजन विष्ट र चितवनका प्रेम सिंहको मृत्यु भएको छ। दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेमध्ये सात जना उपचारपछि घर फर्केका छन् । एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);