बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बसले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु 

काठमाडौं । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–९ थुम्सीमा गएराती बसले कारलाई ठक्कर दिँदा एक जना पुरुषको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसमा सवार ललितपुरको कुपण्डोलका ६० वर्षीय बासुदेव थापा रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा भरतपुर स्थित सरकारी अस्पतालमा शुक्ररबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।ना ६ ख ९४५९ नम्बरको बसले प्रदेश ३, ०१, ०२२ च ५८०७ नम्बरको कारलाई  शुक्रबार राति साढे ९ बजे ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन सहित चालकलाई  इलाका प्रहरी कार्यालय गैडाकोटले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);