पाटनको महिला उद्यमी मेला उत्साहमय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाटनको महिला उद्यमी मेला उत्साहमय

पाटन । पाटनको नागबहालमा महिला उद्यमी मेलामा फेशन शो लगायत सांस्कृतिक कार्यक्रमका कारण शनिबारको मेला उत्साहमय भएको छ ।

शनिबार साँझ आयोजित सांस्कृतिक कार्यक्रममा अमर चित्रकार, सुदीज बज्राचार्य, अमोग बज्राचार्य, सक्षम शर्मा, बविन राजोपाध्याय,सुनिल बज्राचार्यलगायतले स्टेज तताएका थिए ।

कार्यक्रममा तिरश महर्जनको लाखे नाचले वातावरण जात्रामय भएको थियो भने श्रृति शाक्यको बज्रयोगिनी नाचले सहभागीले मनोरञ्जन दिलाएका थिए ।

कार्यक्रममा ड्रेस डिजाइनरको आकर्षक पहिरनसहित मोडल र्‍याममा उतारिएको थियो । मोडल प्रसिद्धि शाक्य,एञ्जिला शाक्य,सुप्रिया बज्राचार्य,अनुष्का शाक्य, सलोना बज्राचार्य,सुयंका बज्राचार्य,त्रिश्ना शाक्य,प्रियंका बज्राचार्य, सिम्रन शाश्य, रुकिना शाक्य,श्रेया बज्राचार्य लिजला शाक्यले आर्कषक पहिरन पस्केका थिए । फेशन शोमा कोरियोग्राफर शोभा शाक्य र ट्रेनि शनिश शाक्यको डिजाइन प्रस्तुत गरिएको थियो ।

मेलामा फुड स्टल र कला तथा फोटो प्रर्दशनीमा आगन्तुकको भीड लागेको थियो । हस्तकलाको लाइभ डेमोस्ट्रेशन र विभिन्न साँस्कृतिक बाजा हेर्ने स्थानीयको पनि उत्तिकै घुइँचो लागेको थियो ।

ललितपुर महानगर १६ का वडाध्यक्ष निर्माणरत्न शाक्यले कोरोनापछि मेला आयोजना गरेका कारण पाटनबासीको उत्साजनक सहभागिता भएको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);