समुदायको प्रमुख संस्कारहरु मध्ये बाह्रा पिकायेगु अर्थात गुफा निकाल्ने ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

समुदायको प्रमुख संस्कारहरु मध्ये बाह्रा पिकायेगु अर्थात गुफा निकाल्ने ( भिडियो रिपोर्ट )

बिसांतर शाक्य \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, माघ २१ । नेवा ः समुदायको प्रमुख संस्कारहरु मध्ये बाह्रा पिकायेगु केबल महिलाहरुका लागि मात्र हो । उमेर अनुसार आउने यो समयमा शारीरिक र मानसिक परिवर्तनहरु, ब्यक्तिगत स्वास्थ्य शिक्षा, सामाजिक शिक्षा आदिका बिषयमा परीपक्व महिलाहरुले ज्ञान दिने गर्दछन । बाह्रा–कोठामा बाह्रा–ख्याःले कन्याको रक्षा गर्नेछ भन्ने मान्यता छ । त्यसैले बाह्राकोठामा बाह्रा–ख्याःको फोटो राख्ने परम्परा छ । बाह्राकोठामा सुर्यको प्रकाश सिधै भित्र आउन नहुने तर परावर्तित प्रकाश भित्र आउने, दोहोरो हावा चल्ने हुनु पर्ने मान्यता छ । ललितपुर स्थित न्याखाचोकमा आयोजना गरिएको कार्यक्रममा बज्राचार्य पुजाविधी अध्ययन समितिका संस्थापक तथा बौद्ध विद्धान गुरु दिपक बज्राचार्य बाह्रा कन्याको बयस्क भएको सूचक संस्कारभएकोले कन्यालाई सिंगारपटार गरि दुलही जस्तै बनाउने परम्परा रहेको बताउनुहुन्छ । उहाँका अन्ुसार बाह्रा शुभ साइतमा राख्नु पर्ने हुन्छ ।

बाह्रा उमेर अनुसार आउने प्राकृतिक परिवर्तन, बयस्कसँग सम्बन्धित शिक्षा दिने भएकाले धेरै सानो उमेरमा बाह्रा राख्नु उपर्युक्त मानिदैन । बज्राचार्य पुजाविधी अध्ययन समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्य नेवाः संस्कारलाई संरक्षण गर्न विगत १७ बर्ष देखि सामूहिक बाह्रा कार्यक्रमको आयोजना गर्दे आइरहेको बताउनु हुन्छ ।

नेवाः समुदायमा कन्याको संस्कारहरुमा पहिला इहि अनि बाह्रा र त्यसपछी इहिपा अर्थात विवाह गरिने प्रचलन छ । बाह्रा पिकाएगुलाई सुर्य दर्शन गुफा–निकाल्ने मात्र नभै सुर्यसँग विवाह हो भनेर गलत प्रचार भइरहेको तर्क पनि गरिएको छ। गुफा निकाल्नु अथवा बाधाः पिकायेगु गरिदा पहिलोपटक महिनाबारी हूुँदा १२ दिन सम्म सुर्यलाई नहेरेको दोष शान्त गर्न सुर्यको पूजा गरिने भनिएको हो । बाह्राः पिकाएगु संस्कार सुर्य विवाह पटक्कै होइन, सुर्य पूजा मात्र हो ।

सही समयमा जीवनको शिक्षा पाएकी नेवाः बालिकाले भविस्यमा आफ्नो परिवार र समाजलाई राम्रो बाटोमा डोर्याउन सकून आफ्नो स्वास्थ्यको हेरबिचार आँफै गर्न सकुन, र श्रृंगारका ज्ञान होस भनेर १२ दिन सम्म गोप्य रुपमा ज्ञान दिने बिधी बाह्रा संस्कार मानिएको छ । त्यस कारण बाह्राःभ्वय् नय् मत्यः, बाह्राःभ्वय ् वने मत्यः, बाह्राः ःच्वम्ह मचाया पासापिं जक वनी भन्ने परम्परा रहेपनि अचेल सुर्य दर्शन भन्दै तामझामका साथ भोज गर्ने नयाँ परम्परा सुरुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);