कोमामा पुगेको पर्यटन व्यवसाय विस्तारै तंग्रिदै | ईमाउण्टेन समाचार

Our Network

असोज १६ २०७९, आइतबार

कोमामा पुगेको पर्यटन व्यवसाय विस्तारै तंग्रिदै

सन्दिप शर्मा
काठमाडौं । कोरोनाको कारण अस्तव्यस्त बनेको नेपाली पर्यटन व्यवसाय विस्तारै लयमा फर्किदै जानथालेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा भएको लकडाउनको कारण कोमामा नै पुगेको पर्यटन व्यवसाय पर्यटकको चहलपहल सुरु भएसँगै तंग्रिन थालेको हो ।

पछिल्लो समय नेपालमा घुम्न आउने बिदेशी पर्यटकको संख्यामा बृद्धि हुँदै आएको कारण पर्यटन व्यवसाय विस्तारै लयमा फर्किदै गएको नेपाल पर्यटन बोर्डका निर्देशक तथा सुचना अधिकारी मणिराज लामिछानेले बताए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरूको संख्यामा ७५ प्रतिशतले सुधार भएको छ लामिछानेले भने जसबाट कोमामा नै पुगेको पर्यटक व्यवसायको पुनरुत्थानको चरण सुरु भएको छ ।

नेपालमा विदेशी मुद्रा आर्जनको दरिलो स्रोत पर्यटन व्यवसाय मानिदैं आएको छ । कोरोनाका कारण बाह्य पर्यटकको आवागमन झन्डै शून्यमा झर्दा पर्यटन व्यवसायीसँगै नेपाली अर्थतन्त्रसमेत संकटग्रस्त बनेको थियो । तर कोरोनाको प्रभाव कम हुँदै गएपछि वृद्धि भएको पर्यटकको कारण पर्यटन व्यवसायले पुन लय समात्दै गएको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ । लामिछाने ले जस्तै कोरोनाकालीन समयभन्दा अगाडिकै जत्ति पर्यटक नआएको भए पनि विस्तारै नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुँदै गएको र पर्यटकीय गतिविधिमा धेरै सुधार आएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डंगोल बताउँछन् ।

ट्रेकिङ्ग, हिमाल आरोहण लगायतका क्षेत्रमा कोरोनाकालीन समय भन्दा धेरै सुधार आइसकेको छ । जसको कारण पर्यटकलाई लक्षितगरी सञ्चालन गरिएका होटल, रेस्टुरेन्ट, बारलगायतका रात्रिकालीन पर्यटन व्यवसायहरू सुधारोन्मुख अवस्था छन् । तर पूर्णरूपमा पर्यटक नआउँदा हस्तकलालगायतका स्वदेशी उत्पादनको क्षेत्रमा भने सुधार आउन सकेको छैन । आएका प्रर्यटकहरुले पनि पहिलेको तुलनामा अहिले थोरै मात्रामा मात्रै हस्तकालाका सामानहरु किन्ने गरेको पुलचोकमा हस्तकला व्यवसाय गर्दै आएका ईन्द्र बज्राचार्य बताउँछन् । बज्राचार्य जस्तै ठमेलमा हस्तकाला व्यवसाय गर्दै आएका पुष्प महर्जनको पनि अनुभव त्यस्तै छ । उनी भन्छन् धेरै पर्यटन व्यवसाय सुधार उन्मुख भएका छन्, तर हस्तकाल लगाएतका स्वदेशि उत्पादनको क्षेत्रमा भने सुधार आउन सकेका छैन । यसका लागि सरकारले पर्यटन प्रबद्धन गर्न निती तथा नियम बनाएर बजेटको नै व्यवस्था गरी लागनु पर्ने उनको सुझाव रहेको छ ।

भिडियो 

 

Leave a Reply