विदेशी पर्यटकलाई नेपाल घुम्न आउने ढोका खुल्ला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

विदेशी पर्यटकलाई नेपाल घुम्न आउने ढोका खुल्ला

काठमाडौं । सरकारले झन्डै १७ महिनापछि विदेशी पर्यटकलाई नेपालको ढोका खुल्ला गरेको छ । कोरोना भाइरस देखापरेसँगै २०७६ फागुनदेखिनै पर्यटक भिसा बन्द थियो ।

महामारीअघि खुला गरिएका सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएसँगै आगामी सिजनमा पर्यटकको संख्या बढ्ने अनुमान गरिएको छ ।

कोरोना भाइरसका कारण विगत २ वर्षदेखि विदेशी पर्यटकलाई बन्द रहेको ढोका खुलेको छ । कोरोना महामारीको त्रास कायमै भएपनि यातायात र पर्यटन व्यवसायलाइ अझै उकास्नेगरी सबै मुलुकका नागरिकलाई अनअराइभल भिसा दिने निर्णय भएपछि होटल तथा पर्यटन व्यवसायी खुशी छन् ।

अन्तराष्ट्रिय पर्यटकको भरमा आफ्नो पेसा व्यवसाय चलाईरहेकाहरु ठूलै संकटमा परेका थिए । सरकारको यो निर्णयसँगै यसले थोरै भए पनि राहत महसुस गरेको टानको महासचिव सरिता लामाले बताईन् ।

यसरी आफ्नो व्यवसाय सञ्चालन गरिरहेकामा केही राहत मिलेको भएपनि अझै पर्यटकहरुलाई नेपाल भ्रमणमा आउन सजिलो छैन । किनकी पर्यटक नेपाल आउँदा ससर्त आउन दिने निर्णय सरकारले गरेको छ ।यसमा पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई आउन दिने भनेर यात्रा व्यवस्थापनसम्बन्धी आदेशनै जारी गरेको छ ।

उक्त आदेशमा पर्यटकले पूरा डोज खोप लगाएको हुनुपर्ने ,खोपको मात्रा पुरा गरेको १४ दिन कटेको प्रमाण र हवाई उडानको चेकइन हुनुपर्ने जस्ता नियमहरुको पालना गर्नपर्ने संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुचना अधिकारी तारानाथ भट्टराईले बताए ।

लामो समयको बन्दाबन्दी पछि विस्तारै लयमा फर्कदै गरेको नेपालको अर्थतन्त्रले केही सकारात्मक संकेत पक्कै दिएको छ तर कोरोना महामारीको जोखिम अहिले पनि कायमै रहेकाले नियम बनेसँगै कार्यान्वयनको अवस्थामा पनि विशेष ध्यान दिन जरुरी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);