चीनका लागि नेपाली राजदूत डा. शर्माद्वारा पदभार ग्रहण | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

चीनका लागि नेपाली राजदूत डा. शर्माद्वारा पदभार ग्रहण

काठमाडौं, मंसिर ३ । चीनका लागि नेपालका नवनियुक्त राजदूत डा. कल्याणराज शर्माले बेइजिङस्थित नेपाली दूतावासमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ। उहाँ मंगोलियाका लागि नेपालको गैरआवासीय राजदूतसमेत हुनुहुन्छ। राजदूत नियुक्त डा. शर्मा आज बेइजिङस्थित दाशिङ अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा चीनका लागि नेपाली उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका वरिष्ठ अधिकारी तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो।

बेइजिङस्थित नेपाली दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार डा. शर्माले आजै दूतावासमा आफ्नो जिम्मेवारी सम्हाल्नुभएको हो। चीन र नेपालबीच राजनीतिक, आर्थिक, व्यापारिक, पूर्वाधार, पारवहन, पर्यटन तथा जनस्तरको सम्बन्धका विविध आयाम छन्। दुई देशबीचको सहकार्यलाई थप विस्तार गर्नुका साथै आपसी हित र साझा चासोका विषयमा कूटनीतिक संवाद अघि बढाउनु नवनियुक्त राजदूत शर्माको प्रमुख जिम्मेवारी हुनेछ।मंगोलियाका लागि गैरआवासीय राजदूतको जिम्मेवारीसमेत सम्हाल्ने भएकाले उहाँले चीनसँगै मंगोलियासँगको द्विपक्षीय सम्बन्ध र सहकार्य विस्तारमा पनि काम गर्नुहुनेछ।

Leave a Reply

ताजा समाचार