प्रधानमन्त्री ओली चीनमा | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

प्रधानमन्त्री ओली चीनमा

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली चीनका राष्ट्रपति सी चिनफिङकाे मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन एससीओ शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिन सहरमा पुगेका छन् ।

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।

ओली र चिनियाँ राष्ट्रपतिबिच आजै भेटवार्ता हुने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिनपिङ,रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित भियतनाम, लाओस, माल्दिब्सलगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।

Leave a Reply