चीनको थियानजिन शहरमा सांघाई सहयोग संगठनको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी ओली आज बेइजिङ जाँदै,चीनका उपराष्ट्रपति हान चंगसँग भेट हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

चीनको थियानजिन शहरमा सांघाई सहयोग संगठनको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी ओली आज बेइजिङ जाँदै,चीनका उपराष्ट्रपति हान चंगसँग भेट हुने

काठमाडौँ,

चीनको थियानजिन शहरमा सांघाई सहयोग संगठन एससीओ प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली आज बेइजिङ जाँदैहुनुहुन्छ । चीनको राजधानी बेइजिङमा प्रधानमन्त्री ओलीको चीनका उपराष्ट्रपति हान चंगसँग भेट हुनेछ । उपराष्ट्रपति चंगले आयोजना गरेको रात्रिभोजमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । चीनका राष्ट्रपति सी चीनफिङसँग प्रधानमन्त्री ओलीको थियानजिनमा द्विपक्षीय भेटवार्ता भइसकेको छ । भ्रमणको अन्तिम कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै नेपाली प्रतिनिधिमण्डल बुधबार बेइजिङमा हुने फाँसीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनिया जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी हुनेछ । त्यही दिन प्रतिनिधिमण्डल नेपाल फर्किनेछ । यसअघि मंगलबार चीनको थियानजिनमा प्रधानमन्त्री केपी शर्मा ओली र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भेटवार्ता भएको छ । े भेटवार्ताको शुरुमा सञ्चारकर्मीसहितको उपस्थितिमा केहीबेर दुई नेताबीच छलफल भएको बताइएको छ । त्यसपछि झन्डै आधा घण्टा उहाँहरूबीच एक्लाएक्लै छलफल भएको छ ।

छलफलको अन्तिममा प्रतिनिधिमण्डलका सहभागी सदस्यलाईराष्ट्रपति पुटिनले भेट्नुभएको छ । भेटमा रुसी राष्ट्रपति पुटिनले नेपाल र रूसबीचको द्विपक्षीय सम्बन्धतत्कालीन सोभियत सङ्घ हुँदा सन् १९५६ जुन ५ देखि जुलाई ९ तारिखसम्म स्थापित भएको स्मरण गर्दै नेपाल र रुसबीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले व्यस्तताबीच नेपाललाई समय दिनुभएकामा राष्ट्रपति पुटिनलाई धन्यवाद दिँदै आपसी सम्बन्धलाई अझ विस्तार गर्न आग्रह गर्नुभयो । उहाँले रुसमा पढेर स्वदेश फर्किएकाहरूले चिकित्सा क्षेत्रसहित नेपालका विभिन्न क्षेत्रमा सेवागरिरहेका उल्लेख गर्दै रुसको शैक्षिक अवस्था गुणस्तरीय रहेकामा प्रशंसा गर्नुभयो । उहाँहरूबीच उच्चस्तरीय भ्रमणको आदान प्रदान तथा शैक्षिक, सांस्कृतिक, पर्यटकीय, सूचना प्रविधि, लगानीलगायत क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चीनपिङ लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग भेटवार्ता भएको छ

Leave a Reply

ताजा समाचार