चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

चीन भ्रमणबाट प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीनले आयोजना गर्ने सैन्य परेडमा सहभागी हुनु भएको छ । जापानी उपनिवेश पराजित भएको ८० औँ वर्षको अवसरमा चीनले आयोजना गरेको सैन्य परेडमा प्रधानमन्त्री ओली सहभागी हुनुहुने भएको हो ।

चीनले दोस्रो विश्वयुद्धको क्रममा जापानमाथि विजय हासिल गरेको ८०औँ वार्षिकोत्सवका अवसर सैन्य परेड आयोजना गरिएको हो । यो सैन्य परेडमा प्रधानमन्त्री ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायतका नेता सहभागी भएको बताइएको छ ।

उत्तर कोरियाली नेता सन् १९५९ पछि पहिलोपटक चिनियाँ सैन्य परेडमा सहभागी हुने यो पहिलो पटक हो । कतिपय अन्तर्राष्ट्रिय मामलाका जानकारहरूले भने चीनको सैन्य परेडमा नेपालका प्रधानमन्त्रीको सहभागीताको आलोचना गरेका छन्। यस्तो सैन्य परेडमा प्रधानमन्त्रीको सहभागीताले जापानसँगको सम्बन्धमा असर पुग्न सक्ने उनीहरूको तर्क छ ।

सैन्य परेडमा सहभागी भएपछि प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय नेपाली प्रतिनिधि मण्डल आजै स्वदेश फर्किने कार्यक्रम छ । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन एससीओको शिखर सम्मेलनमा भाग लिन ओली भदौ १४ गते चीन जानु भएको हो ।

Leave a Reply