यमनको दक्षिणी शहर एडेनमा रहेको एक विमानस्थलमा विस्फोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

यमनको दक्षिणी शहर एडेनमा रहेको एक विमानस्थलमा विस्फोट

एजेन्सी, १६ पुष । यमनको दक्षिणी शहर एडेनमा रहेको एक विमानस्थलमा भएको विस्फोट हुँदा २२ जनाको ज्यान गएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् । यमनका नयाँ सरकारका प्रतिनिधिलाई लिएर छिमेकी देश साउदी अरेबियाबाट विमान आएको केहीबेरमै विमानस्थलमा बिस्फोट भएको हो ।

बिस्फोटमा परि ज्यान गुमाउने तथा घाइते हुनेमा सहायताकर्मी तथा सरकारी अधिकारीहरु रहेको बताइएको छ । मन्त्रीहरुको स्वागतका लागि पुगेकाहरुले ज्यान गुमाएको र कम्तिमा दुईवटा बिस्फोट भएको बताइएको छ ।

प्रधानमन्त्री मइन अब्दुमालिक लगायत मन्त्रिपरिषद सहस्यहरु र यमनका लागि साउदी राजदूत भने सुरक्षित रहेको बीबीसीले उल्लेख गरेको छ । यमनका सञ्चारमन्त्रीले आक्रमणका पछाडि हुथी बिद्रोहीको हात रहेको र यो अति कायर आक्रमण रहेको बताएका छन् ।

यमनमा सन् २०१५ देखि युद्ध जारी छ । हुथी बिद्रोहीलाई परास्थ गरि राष्ट्रपति अब्ड्राब्बुह मन्सुर हादीको शासन स्थापित गर्नका लागि साउदी अरेबियाको नेतृत्वमा त्यहाँ आक्रमण हुँदै आएको छ ।

अहिलेसम्म युद्धमा परि एक लाख १० हजार भन्दा बढि यमनीको ज्यान गएको छ । यसअघि सन् २०१९ को अगस्टमा एडेनको एक सैन्य परेडमा हुथीले गरेको मिसाइल आक्रमणमा ३६ जनाको ज्यान गएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);