क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

एजेन्सी, १५ पुष । क्रोएसियामा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । क्रोएसियामा नेपाली समयअनुसार मंगलबार अपरान्ह ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण कम्तीमा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये १ जना १२ वर्षीया बालिका समेत रहेको बीबीसीले जनाएको छ । हजारौं मानिस घाइते भएका छन् भने सयौं घरहरू भत्किएका छन् । अहिले पनि उद्दारको कार्य जारी रहेको सरकारी अधिारीहरुले जनाएका छन् ।

भूकम्पको धक्का क्रोएसियाभर मात्र होइन सर्विया, बोस्निया हर्जगोभिना र अस्ट्रियासम्म महशुस गरिएको बताइएको छ । सोमबार पनि क्रोयसियामा ५.२ रेक्टर स्केलको भूकम्पको कम्पन महसुस गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);