ताइवानको हुवालिन प्रान्तमा शक्तिशाली भूकम्प गयो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ताइवानको हुवालिन प्रान्तमा शक्तिशाली भूकम्प गयो

earthquak

काठमाडौं, २४ माघ । ताइवानको हुवालिन प्रान्तमा ६ दशमलब ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । ताइवानी अधिकारीका अनुसार भूकम्पबाट कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २२० भन्दा बढी घाइते भएका छन् । अग्ला भवनहरु भत्कदा सयौं मानिस फसेको हुनसक्ने अनुमान गरिएको छ । स्थानीय समय अनुसार रातको ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको थियो ।

भत्कीएका भवनमा फसिरहेका मानिसको उद्धार कार्य भैरहेको बीबीसीले जनाएको छ । ताइवानमा तीन दिनको अवधिमा यो दोस्रो पटक भूकम्प गएको हो । आइतबार ताइवानमै ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । ठीक दुई वर्ष अघि ६ फेब्रवरीमा पनि ताइवानमा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसबेला ११७ जनाको मृत्यु भएको थियो । उक्त भूकम्पको केन्द्र ताइवानको दक्षिणी शहर ताइनान थियो । त्यतिबेला गोल्डन ड्रागन अपार्टमेन्ट भत्किएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);