ग्रिसको सामोस टापु नजिकै शक्तिशाली भुकम्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ग्रिसको सामोस टापु नजिकै शक्तिशाली भुकम्प

एजेन्सी, १५ कार्तिक । ग्रिसको सामोस टापु नजिकै शक्तिशाली भुकम्प गएको छ ।

ग्रिसका सन्चार माध्यमका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ बजेर ५१ मिनेटमा ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

सामुन्द्रिक क्षेत्रमा गएको भुकम्पले टर्कीको पश्चिम क्षेत्रमा रहेका केही भवनहरु भत्किएको उल्लेख गरिएको छ ।

भवनहरु भत्किएर मानविय भएको बताइएतापनि क्षतिको विवरण प्राप्त भइसकेको छैन । भुकम्पको केन्द्रबिन्दु टर्कीको पश्चिम क्षेत्रमा पर्ने इज्मी प्रान्तको सामुन्द्रिक किनारबाट १७ किलोमिटर दुरीमा पर्छ ।

सन् १९९९ मा इज्मीमा गएको भुकम्पले १७ हजार मानिसको ज्यान लिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);