अमेरिकी श्रम बजार कमजोरः जुलाईमा २३ हजार रोजगारी घट्यो | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८३, आइतबार

अमेरिकी श्रम बजार कमजोरः जुलाईमा २३ हजार रोजगारी घट्यो

संयुक्त राज्य अमेरिकाको श्रम बजारमा शिथिलता छाएसँगै जुलाई महिनामा रोजगारीको संख्यामा अनपेक्षित गिरावट आएको छ । अमेरिकी श्रम तथ्याङ्क विभागले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार जुलाईमा २३ हजार रोजगारी कटौती भएको छ । गैर–कृषि क्षेत्रको रोजगारी (ल्यलाबचm उबथचयििक) मा मौसमी समायोजनपछि २३ हजारको गिरावट देखिएको हो। यसअघि अर्थशास्त्रीहरूले जुलाईमा ८३ हजारले रोजगारी बढ्ने प्रक्षेपण गरेका थिए । अघिल्लो महिनाको तथ्याङ्कलाई पनि संशोधन गर्दै २० हजारको गिरावट देखाइएको छ । प्रतिवेदनअनुसार बेरोजगारी दर ४.१ प्रतिशत कायम भएको छ भने श्रम शक्ति सहभागिता दर घटेर ६१.४ प्रतिशतमा पुगेको छ । यो सहभागिता दर विगत पाँच वर्षयताकै न्युन बिन्दु हो । श्रम शक्ति सहभागिता दरले रोजगारीमा रहेका वा सक्रिय रूपमा काम खोजिरहेका जनसंख्याको हिस्सालाई जनाउँछ ।
क्षेत्रगत रूपमा हेर्दा स्थानीय सरकारी शिक्षा क्षेत्रमा ५० हजार र खुद्रा व्यापार क्षेत्रमा १९ हजार रोजगारी घटेको छ । त्यसैगरी, वित्तीय गतिविधिमा १४ हजार तथा मनोरञ्जन र आतिथ्य क्षेत्रमा ४० हजार रोजगारी कटौती भएको छ । रोजगारी सिर्जनामा महत्त्वपूर्ण मानिने स्वास्थ्य सेवा क्षेत्रमा भने २२ हजार नयाँ रोजगारी थपिएको छ, यद्यपि यो संख्या उक्त क्षेत्रको १२ महिनाको औसत वृद्धि ३६ हजारभन्दा कम हो ।
आर्थिक सूचकहरूका अनुसार औसत प्रतिघण्टा ज्याला दर स्थिर जस्तै छ, जसमा मात्र २ सेन्टको सामान्य वृद्धि देखिएको छ ।
उच्च मुद्रास्फीति नियन्त्रणका लागि चालिने आगामी कदमका बारेमा संघीय रिजर्भका नीति निर्माताहरूबीच मतभेद भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । रोजगारीको यो निराशाजनक तथ्याङ्क सार्वजनिक भएपछि बजार विश्लेषकहरूले सेप्टेम्बरमा हुन सक्ने ब्याजदर वृद्धिको सम्भावना कमजोर बनेको टिप्पणी गरेका छन् ।

Leave a Reply

ताजा समाचार