नेपाली काम खोज्दै विदेश जान्छन्, विदेशी नेपाल आउँछन्ः एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाली काम खोज्दै विदेश जान्छन्, विदेशी नेपाल आउँछन्ः एक वर्षमा २१ सय ८१ जना विदेशीले लिए श्रम स्वीकृति

काठमाडौं। वर्षेनी लाखौंको संख्यामा नेपाली रोजगारी खोज्दै खाडी र मलेसिया पुग्छन् । यसरी नै विदेशीहरु पनि रोजगारी खोज्दै नेपाल आउने गर्छन्, तर त्यति ठूलो संख्यामा भने होइन ।

पछिल्ला वर्षहरुमा नेपाल श्रम स्वीकृति लिएर रोजगारीमा आउने विदेशीको संख्या बढ्दो छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालमा आउने विदेशीलाई श्रम स्वीकृति दिने गर्छ ।  विभागका अनुसार पछिल्लो एक वर्ष अर्थात गत आर्थिक वर्ष २०७८÷७९ मा नेपालमा काम गर्न २ हजार १८१ जना विदेशीले श्रम स्वीकृति लिएका छन् । सो अवधिमा ९५० जनाले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार २३१ जनाले श्रम स्वीकृतिको अवधि थप गरेका थिए । पछिल्ला वर्षहरुमा नेपालमा श्रम स्वीकृति लिई काम गर्न आउनेमा सबैभन्दा ठूलो संख्या चिनियाँको रहेको छ । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्को अवधिमा श्रम स्वीकृति लिएर नेपालमा काम गर्न आउने विदेशीमा १ हजार ६२९ जना चिनियाँ, १०६ जना बेलायती, ८६ जना अमेरिकी, ६१ जना जापानी र ५७ जना भारतीय नागरिक रहेको विभागले जनाएको छ।

२०७९ साल सुरु भएपछिको तीन महिना– वैशाखमा १९६, जेठमा ३६० र असारमा ३२७ गरी कुल ८८३ जना विदेशीले विभागबाट श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार हालसम्म नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशीको संख्या १८ हजार २३९ पुगेको छ । श्रम स्वीकृति लिएर काम गर्नेमध्ये १६ हजार ४४ जना पुरुष र २ हजार १९५ जना महिला रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);