मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे | ईमाउण्टेन समाचार

Our Network

साउन २८ २०८३, शुक्रबार

मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ बनाउन आवश्यकः अध्यक्ष पाण्डे

काठमाडौँ । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकमा सुशासन कायम गर्नको लागि सबै सरकारी सेवाहरु ‘पेपरलेस’ र ‘फेसलेस’ हुन आवश्यक रहेको बताउनुभएको छ ।
काठमाडौं आयोजित एक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सरकारी सेवाहरु ‘कन्ट्याक्टलेस, पेपरलेस र फेसलेस’ भए मात्र मुलुकमा सुशासन कायम हुन सक्ने उहाँको भनाइ छ । अध्यक्ष पाण्डेले उद्योग विभागका सबै सेवाहरु डिजिटल प्रणालीमार्फत हुने कुराले  सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बताउनु भयो । उहाँले विगतमा समेत उद्योग विभागले डिजिटल प्रणालीमर्फत सेवा प्रवाह गर्ने भनेपनि फाइल बोकेर कुद्नुपर्ने अवस्था रहेकोमा अगामी दिनमा त्यस्तो अवस्था आउन नदिने कुरामा विभाग गम्भीर हुनुपर्ने बताउनु भयो । डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गरी सरकारी निकायका प्रणालीहरूलाई आपसमा अन्तरसम्बन्धित बनाउनुपर्नेमा समेत उहाँको जोड छ ।

उहाँले स्वदेशी तथा विदेशी लगानीकर्ता र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)लाई आकर्षित गर्नसमेत डिजिटल प्रणालीले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply