म्यान्मारमा बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

म्यान्मारमा बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित

म्यान्मारको एयारवाडी क्षेत्रमा रहेको नगउन नदीको बाँध फुट्दा ४० हजारभन्दा बढी मानिस बाढीबाट प्रभावित भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ताले सामाजिक कल्याण, राहत तथा पुनस्र्थापना मन्त्रालयलाई उद्धृत गर्दै जुलाई ३० देखि अगस्ट ७ सम्मको अवधिमा उक्त संख्यामा नागरिकहरू प्रभावित भएको जानकारी दिएका हुन् । एयारवाडी क्षेत्रको लेम्येथना टाउनशिपमा गत जुलाई ३० मा बालुवा उम्लिने र जमिन भासिने समस्या देखिएपछि बाँध फुटेको थियो । बाँध फुटेसँगै उक्त क्षेत्रका विभिन्न बस्तीहरू डुबानमा परेका थिए । बाढी पीडितहरूको सहयोगार्थ हाल विभिन्न स्थानमा अस्थायी राहत शिविरहरू सञ्चालनमा ल्याइएका छन् । प्राप्त पछिल्लो जानकारीअनुसार शुक्रवार रातिसम्म सहरी क्षेत्रमा बाढीको सतह क्रमशः घट्दै गएको छ भने अवरुद्ध भएका सञ्चार सेवाहरूमध्ये करिव ३५ प्रतिशत पुनः सुचारु भइसकेको छ ।
प्रभावित क्षेत्रमा खाद्यान्न सामग्रीको वितरण कार्यलाई तिब्रता दिइएको छ । राहत तथा उद्धार प्रयासका लागि हालसम्म १४ करोड ६० लाख क्याट (करिव ६९ हजार ५ सय २३ अमेरिकी डलर) बराबरको आर्थिक सहयोग उपलब्ध गराइसकिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

Leave a Reply