काठमाडौँ ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीले संसदमा गर्ने हस्तक्षेपलाई थप सशक्त बनाउनुपर्ने बताउनुभएको छ । सोमवार काठमाडौंको खुलामञ्चमा जारी पार्टीको १५ औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै सभापति थापाले यस्तो बताउनुभएको हो । उहाँले संसदमा नागरिकका मुद्दा उठाउने मात्र नभई सम्बोधन गर्न सरकारलाई बाध्य बनाउनेगरी हस्तक्षेपकारी भुमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेस सहभागि भएको प्रदेश सरकारका काम कारबाहीलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली काँग्रेसले आफ्नो जिम्मेवारी सरकार र संसदमा हेरेर मात्र नपुग्ने बताउनु भयो ।
उहाँले पछिल्लो समय घरघरमा र परिवारमा समस्या रहेको भन्दै त्यसतर्फ पार्टी पंक्ति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । सभापति थापाले समाजमा ठूलो अविश्वास र एकअर्काप्रति घृणाको वातावरण रहेको भन्दै कुनैपनि बेला मुलुकमा आगो बल्न सक्ने चेतावनी पनि दिनुभयो ।समाज र देशमा रहेको असन्तोषको आगो निभाउने तागत काँग्रेसले मात्र राख्न सक्ने सभापति थापाको भनाइ छ ।




