सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब काँग्रेसले संसद्मा सशक्त भुमिका खेल्छः अभिषेकप्रताप साह | ईमाउण्टेन समाचार

Our Network

असार ५ २०८३, शनिबार

सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब काँग्रेसले संसद्मा सशक्त भुमिका खेल्छः अभिषेकप्रताप साह

काठमाडौं ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको शुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भुमिका थप प्रभावकारी र सशक्त हुने बताउनुभएको छ । शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता साहले उक्त धारणा राख्नुभएको हो । उहाँले संसद प्रतिपक्षको थलो भएको स्मरण गराउँदै जनताका सरोकारका विषयमा काँग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पार्नुभयो ।

सरकारको समीक्षा गर्दै उहाँले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाउनु भयो । सरकारले जनतालाई राम्रो सन्देश दिन खोजे पनि त्यो पर्याप्त नभएको उहाँको तर्क थियो । विशेष गरी बजेट र कर नीतिको आलोचना गर्नुभयो । नेता साहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै अब प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली काँग्रेसले सरकारका कामकारबाहीको सुक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने बताउनु भयो ।

Leave a Reply