सरकार अधिनायकबादतर्फ अघि बढेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकार अधिनायकबादतर्फ अघि बढेको देउवाको आरोप

deuba

भरतपुर, ३ वैशाख । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार अधिनायकबादतर्फ अघि बढेको आरोप लगाएका छन् ।

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले अघि बढ्न खोजेको आरोप लगाए । सोमबार भरतपुर विमानस्थलमा स्थानीय संचारकर्मीसँग कुराकानि गदै उनले सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

सरकारले प्रमुख प्रतिपक्ष दलसँग कुनै पनि छलफल नगरेको सभापति देउवाको भनाई छ । सभापति देउवाले सरकारको सय दिन हनिमुन पिरियड भएको भन्दै त्यस अवधिमा सरकारको काम हेर्ने पनि बताए ।

सभापति देउवाले एमाले र माओवादी केन्द्र मिलेकाले पार्टीले निर्वाचनमा हार्नु स्वभाविकै भएको बताए । उनँले काँग्रेस लोकतन्त्रवादी पार्टी भएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, मान्यतालाई सुदृढ बनाउन लडिरहने प्रतिवद्धता पनि व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);