प्रधानमन्त्री ओलीको अहंकारका कारण संविधान संकटमा परेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको अहंकारका कारण संविधान संकटमा परेको देउवाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र स्वेच्छाचारी निर्णयका कारण संविधान संकटमा परेको टिप्पणी गरेका छन् ।

बिहीबार सम्पादकहरुसँग विपक्षी गठबन्धनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले दुई पटक संसद विघटन गरेर अध्यादेश मार्फत देश चलाउन खोजेको पनि देउवाले आरोप लगाएका छन् ।

कोरोना महामारीबाट जनतालाई सुरक्षित गर्न आवश्यक खोप व्यवस्थापन गर्न नसकेको तथा बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिबाट जनधनको सुरक्षाका लागि पूर्वतयारी नगरी प्रधानमन्त्री ओलीले गैरजिम्मेवार कार्य गरेको देउवाको आरोप छ ।

प्रधानमन्त्री ओलीले देशलाई संकटतर्फ धकेल्ने काम भएको हुँदा संघर्षमा उत्रिनु परेको देउवाको तर्क छ ।

राष्ट्रिय हितको संरक्षण, नेपालको संविधान, लोकतन्त्र, संसदको रक्षा तथा जनतालाई महामारी एवं प्राकृतिक विपत्तिबाट जोगाउनका लागि हाल पाँच राजनीतिक दलहरुलको संयुक्त मोर्चाका साथ अघि बढको देउवाको भनाई छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);