कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा समेत पर्यो : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा समेत पर्यो : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा हिडेको टिप्पणी गरेका छन् । स्वर्गीय जननेता मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा सोमबार काठमाण्डौंमा आयोजत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस प्रचण्ड पथमा हिडेको बताएका हुन् ।

उनले कांग्रेसका नेताहरु नाथुराम गोड्से खोजी खोज्ने र फेला नपरे नाथुराम गोड्से आफै हुने तहमा पुगेको दाबी गरेका छन् । कांग्रेस प्रचण्डपथमा हिडेपछि प्रचण्डपथको छाँया न्यायलयमा समेत परेको ओलीको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालत अदालत भित्रै हिंसालाई दुरुत्साहन गर्ने काम भईरहँदा पनि मौन बसेको भनी सर्वोच्च अदालतका न्यायाधीशको भूमिकाप्रति समेत असन्तुष्ठी व्यक्त गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री ओलीले नेता नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पुच्छर भएको टिप्पणी गरेका छन् । नेता नेपालले आफुले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी जनता माझ झुटको राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

ओलीले कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफै आफ्नो महत्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी गरेका हुन्। नेता नेपालले कम्युनिष्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पुच्छर भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरुले आफ्ना कार्यकर्ताहरुलाई विचार बोक्न भई स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गरेक छन् ।

त्यस्तै ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तको राजनीति भन्दा अवसरवादी स्वार्थको राजनीतिमा बताएका छन् । उनले लोकतान्त्रिक शासन प्रणाली विरुद्ध नै शसस्त्र युद्ध गरेर ठूलो मानविय क्षति पुराएका दाहालले कहिले गणतन्त्र आफुले ल्याएको त कहिले गणतन्त्र भन्दा राजानै राम्रो भन्दै हिडेको बताए ।

अध्यक्ष दाहालले छेपारोले जस्तो गरि स्वार्थ र परिवेश अनुसार धारणा बदल्दै हिडेको प्रधानमन्त्री ओलीको दाबी रहेको छ । ओलीले राष्ट्रिय जनमोर्चाको भूमिकाप्रति तिखो टिप्पणी गरेका छन् ।

राष्ट्रिय जनमोर्चाले राजनीति र सिद्धान्तलाई नभई स्वार्थ नीतिलाई केन्द्रभागमा राखेर काम गरेको भन्दै उनले आफ्ना एकजना प्रतिनिधिलाई जसरी भएपनि मन्त्री बनाउने प्रयासमा कांग्रेसलाई समर्थन गरेको गरेका छन् विचारलाई व्यवहारमा कार्यान्वयन गर्ने संगठित प्रयास स्वर्गीय मदन भण्डारीले गरेको भन्दै प्रधानमन्त्री ओलीले भण्डारीको राजनीतिक सोच , विचार, व्यवहार तथा समग्र योगदानको चर्चा गरे ।

प्रधानमन्त्री ओलीले राजनीतिक दल, नेता तथा कार्यकर्ताले देश र जनताको हित हुने गरि सत्य र निष्ठाको राजनीतिक मार्ग अपनाउनुपर्नेमा जोड दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);