एमालेमा ओली र नेपालबीचको टकराव उत्कर्षमा, पार्टी एकताभन्दा पनि विभाजनतर्फ जाने संकेत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमालेमा ओली र नेपालबीचको टकराव उत्कर्षमा, पार्टी एकताभन्दा पनि विभाजनतर्फ जाने संकेत

केशर कार्की
काठमाडौँ ।
गत शनिबार माधवकुमार नेपाल लगाएतका पूर्वमन्त्रीहरुको सयुक्त गठबन्धनले बानेश्वरको संसद भवनमा पत्रकारहरुसंग साक्षात्कार कार्यक्रम गरेको थियो। साक्षात्कार कार्यक्रममा नेपाल लगाएतका पूर्वमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको हालको गतिविधिदेखि संसद् विघटनसम्मका विषयमा कटु आलोचना मात्र गरेनन् ओलीलाई प्रधानमन्त्रीबाट हटाउन समेत संयुक्त गठबन्ध मोर्चाको निर्माण भएको तर्क गरे ।

उक्त साक्षात्कारमा पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुखै फोरेर भने प्रधानमन्त्री केपी ओली जालसाँझी भएको भन्दै रियल लिडर त माधव कुमार नेपाल मात्र भएको दाबी गरेका थिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेर बहादुर देउवाले पनि ओली अलोकतान्त्रिक भएको संज्ञा दिएका थिए । पत्रकारहरुसमक्ष भएको साक्षात्कारमा सबै नेताहरुले आफ्नै राय सुनाएका थिए ।

तर नेकपा एमालेका वरिष्ठ नेता एवंम पूर्व प्रधानमन्त्री समेत भइसकेका माधव कुमार नेपालले प्रधानमन्त्री ओलीले गर्दै आएका कुकर्मको पर्दाफास गर्नकै लागि आफू गठबन्धनको पक्षमा उभिएको बताए । नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्न रातारात बालुवाटारबाट फोन आएको तर आफ्नो इच्छा प्रधानमन्त्री बन्ने नभएको भन्दै गठबन्धनलाई धोका दिन नमिल्ने जिकिर समेत गरेका थिए ।

तर, त्यसलगतै सोमबार नेकपा एमालेका अध्यक्ष एवंम प्रधानमन्त्री ओलीले माधव कुमार नेपाललाई प्रधानमन्त्री बन्न आग्रह नगरेको भन्दै नेपालले आफूलाई रियल हिरो सावित गर्नका लागि प्रधानमन्त्री बन्न आग्रह गरेको भनेर भन्नु कुप्रचार मात्र भएको दाबी गरेका छन् । एमाले अध्यक्ष ओलीले जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै कम्युनिष्ट आन्दोलन सिध्याने खेलमा उद्धत भएका नेपालको प्रधानमन्त्री खाने सपना अझंै जिवित रहेको भन्दै त्यस्ता सपना नदेख्न आग्रह गरेका छन् ।

ओलीले विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने लाजसरम पचेको मान्छेलाई प्रधानमन्त्री बनाउने कुरा त निकै परको कुरा भएको भन्दै कडा आलोचना पनि गरे । उनको यस्तो सपना र भ्रमको खेती कहिले सम्म टिक्ला भन्दै ओलीले प्रश्न समेत गरेका छन् । ओलीले नेता नेपाललाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नु आफूलाइ बहुला कुकुरले नटोकेको भन्दै उपस्थित सबैलाई हसाँउन समेत भ्याए ।

साँच्चै ओली र नेपालबीचको चरम विवादले एमाले एकताको बाटोमा भन्दा पनि विभाजनको बाटोतर्फ उद्धत भएको बुझिएको छ । एमालेका दाश्रो पुस्ताका नेताहरु पार्टीमा एकता कायम राख्न छलफलहरुमा लागेको भएपनि एमालेभित्र ओलीले नेपाललाई देखिनसक्ने र नेपालले ओलीलाई देखिनसक्ने प्रवृत्ति र दुई नेताबीचको टकरावले एमाले एकता हुँदैन भन्ने पनि निश्चित जस्तो बन्दै आएको छ । खासमा दुई नेताहरुबीच भएको अन्र्तद्धन्द्ध के हो त त्यो भने अझै सतहमा आउन नसक्नुले पार्टीको अवस्था झनै गञ्जागोल बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);