प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

इलाम, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री राम बहादुर थापा बादलको इलाम चोक बजारमा पुत्ला दहन गरिएको छ । नेपाल बिद्यार्थी संघ इलामले अनेकन बहानामा जनतालाई दुख दिएको भन्दै उनीहरुको पुत्ला दहन गरेको हो ।

बुधबार मात्र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले तनहुमा नियन्त्रणमा लिएको बिरोधमा उनीहरु आन्दोलित भएका छन् । उनीहरुले हालको सरकार निरनकुस भएको र प्रहरीलाई आफु अनुकुल परिचालन गरेको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन गरेको हो । उनीहरुले प्रधानमन्त्री ओली र गृहमन्त्री थापा बिरुद्ध चर्का नारा समेत लगाएका थिए ।

कार्यक्रममा संवोधन गर्दै नेवि संघ इलामका अध्यक्ष प्रकाश भट्टराईले हालका सरकारले भ्रष्टाचारीलाई आश्रय दिएको, बलत्कारी र सोझ जनतामाथी आक्रमण हुँदा पनि कारबाही नगरेको बताएका थिए । उनीहरुले प्रहरी जनताको भन्दा वढि नेकपा नेता र कार्यकर्ताको चाकरी गर्न थालेको भन्दै नेकपा प्रहरी मुर्दा बाद समेत भन्दै नारा लगाएका थिए ।

इलाम चोक बजार जिल्लाकै बढि मान्छेको भिडम्भाड हुने क्षेत्र हो । प्रहरी बिट यहिँ छ । तर नेबी संघका कार्यकर्ताहरुले पुत्ला दहन गर्दै गर्दा प्रहरी पुगे पनि उनीहरुले मौन रहेर उनीहरुको जुलुस नियाली मात्र रहे । केही प्रहरीले जल्दै गरेको पुत्ला निभाउन खोजेपनि नेबिसंघ कार्यकर्ताहरुले बल प्रयोग गरेर प्रहरीलाई पन्छाएको थियो । करिव १० मिनेटसम्म नारा लगाएपछि मात्र थप प्रहरी सो स्थानमा आएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);