ओली समर्थक कार्यकर्ताद्धारा नेता नेपालको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

ओली समर्थक कार्यकर्ताद्धारा नेता नेपालको पुत्ला दहन

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली समर्थक कार्यकर्ताहरुले माधव कुमार नेपालको पुत्ला दहन गरेका छन् । बुधबार अध्यक्ष ओली समर्थक कार्यकर्ताहरुले कोटेश्वरमा नेता नेपालको पुत्ला दहन गरेका हुन् ।

प्रधानमन्त्रीबाट पद मुक्त भएका केपी शर्मा ओली बालुवाटारबाट निजी निवास बालकोट जाँदा मोटरसाइकलमा स्कर्टिङ गर्न पुगेका युवाहरुको समूह बालकोटबाट फर्किएर कोटेश्वरमा जम्मा भएका थियो ।

ओली समर्थकले नेपालको घर घेर्ने भन्ने सूचना पाएपछि कोटेश्वरमा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको थियो ।

नेता नेपालको निवास छिर्ने बाटो नै प्रहरीले ब्लक गरिदिएपछि उनीहरुले काटेश्वर चोकमा नेपालको पुत्ला दहन गर्नुको साथै नेपालविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);