सभापति देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सभापति देउवाको गृहजिल्लामा प्रधानमन्त्री ओलीको पुत्ला दहन

oli putala dahan

डडेल्धुरा, २९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ । आइतबार डडेल्धुरामा कांग्रेस समर्थकहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरिएको हो ।

जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत पुत्ला दहन गरियो । जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको विरोधमा कांग्रेसले ओली र प्रचण्डको पुतला दहन गरिएको कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिनुभयो ।

बिहीबार नेपाली कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएकी सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले आक्रमण गरेको थियो ।

putla dahan

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);