प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

काठमाडौं, २४ जेठ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित काँग्रेस निकट नेपाल विद्यार्थी संघले बिहिबार ललितपुरको पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेपाल विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस इकाई समितिको आह्वानमा मूल्य वृद्धिको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो । जनतालाई मारमा पार्नेगरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दवाव स्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको संघका पाटन संयुक्त क्याम्पस इकाई समितिका नेता तारा शर्माले जानकारी दिए ।

त्यस क्रममा संघका विद्यार्थी नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए ।

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन बाध्य बनाउने चेतावनी समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);