राजधानीका विभिन्न क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

राजधानीका विभिन्न क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन

nebisangha

काठमाडौं, १३ माघ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेको छ ।

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले आइतबार बिहान राजधानीका विभिन्न क्याम्पस अगाडि प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । चिकित्सा विधेयक संसदबाट जबरजस्ती पास गरेको भन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस सरकारसँग क्रुद्ध बनेको छ ।

नेविसंघले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);