बारामा स्कार्पियो जीप दुर्घटना, सशस्त्र प्रहरीका एसपीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०७९, बुधवार

बारामा स्कार्पियो जीप दुर्घटना, सशस्त्र प्रहरीका एसपीको मृत्यु

bara accident

बारा, १३ माघ । बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा सशस्त्र प्रहरी बलको १२ नम्बर गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल छन् । दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना घाइते भएका छन् । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् । घाइते मध्ये बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो । बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएका एसपी पोखरेलको शव अल्पाइन अस्पताल सिमरामा राखिएको छ भने प्रजिअ भट्टराईलाई भने उपचारका लािग हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।