सिन्धुलीको गोलन्जर गाउँपालिका ५ खनियाखर्कमा जिप दुर्घटना हुँदा १ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सिन्धुलीको गोलन्जर गाउँपालिका ५ खनियाखर्कमा जिप दुर्घटना हुँदा १ को मृत्यु

सिन्धुली, १७ माघ । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जर गाउँपालिका ५ खनियाखर्कमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

सिन्धुलीबाट काठमाडौं आउँदै गरेको स१च १००९ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा सप्तरी कञ्चनपुर नगरपालिका ६ का सूर्यन्द्रनारायण चौधरीको मृत्यु भएको हो ।

मृतक चौधरी कञ्चनपुर नगरपालिकाका सहलेखापाल रहेका जनाइएको छ । दुर्घटनामा जिप चालक महमद अफरोज सख्त घाइते भएका जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । जिप सडकबाट करिब सय मिटर तल खसेको छ ।

यसैगरी गएराती वीरगञ्जमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने ३ घाइते भएका छन् । बीरगञ्जको घण्टाघरबाट पावरहाउसतर्फ जाँदै गरेको बा१५च ७७७१ नम्बरको स्कारपियो जीप गएराती मुर्लीचोक नजिक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका अनुसार दुर्घटनामा बाराको परवानीपुर गाउँपालिका–५ बहुअरी बस्ने १६ वर्षीय आकाश पटेलको मृत्यु भएको हो । घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);