छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं, २८ साउन । डोटी, रुपन्देही र पाल्पाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

डोटी, पूर्वीचौकी गाउँपालिका-१ तल्लो फुलोटमा ना ६ ख २५२९ नम्बरको बस सडकबाट करिब १ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवार हाल नाम, थर, वतन नखुलेका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य २७ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

रुपन्देही तिलोत्तमा नगरपालिका-५ स्थित सडकमा लु ५३ प २८७६ नम्बरको स्कुटर आफै अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका-११ शिवपुर बस्ने ५४ वर्षीय नारायणप्रसाद बस्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै पाल्पा निस्दी गाउँपालिका-५ पटाकसरमा लु १ ज २८८७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ७ सय मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा जिपमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा निस्दी गाउँपालिका-५ डब्बुडाँडा बस्ने ६३ वर्षीय ठाकुर प्रसाद थालको घटनास्थलमै र सोही गाउँपालिका-४ बस्ने बिष्णुमाया सारुको ३ महिनाको छोरा सिमोवन कालुङको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो

साथै दुर्घटनामा घाइते भएका अन्य ६ जनाको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);