अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अवैध रुपमा भन्सार छली ल्याउँदै गरेका सामान बरामद

mechinagar

झापा, २८ साउन । झापा मेचीनगर नगरपालिका-१५ हेल्दुबारीबाट अवैध रुपमा भारतबाट भन्सार छली लुकाई छिपाई ल्याउँदै गरेको करिब १९ लाख ४७ हजार ९ सय ७० रुपैयाँ मूल्य बराबरको विभिन्न सामान सोमबार राति प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

बरामद सामानमध्ये करिब १८ लाख ७९ हजार मूल्य बराबरको ओरियन कम्पनीको डाएट्री सप्लिमेन्टका विभिन्न नाम भएका ९ सय ८२ बट्टा र ६८ हजार ३ सय ७०
रुपैयाँ मूल्य बराबरको कुर्ता सुरुवाल र बाबा खैनी रहेका छन् ।

बरामद सामान आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);