अबैध कारोवार बढ्योः १५ लाख रुपैयाँ बराबरको सामाग्री बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अबैध कारोवार बढ्योः १५ लाख रुपैयाँ बराबरको सामाग्री बरामद

झापा, ४ कार्तिक । अबैध रुपमा भन्सार छली गरी लुकाई छिपाई ल्याएको करिव १५ लाख रुपैयाँ बराबराको समान प्रहरीले बरामद गरेर भन्सार कार्यालयमा बुझाएको छ । झापा, मोरङ र सुनसरीमा गरी एकै दिन १४ लाख ६० हजारको सामान बरामद गरी प्रहरीले भन्सार कार्यालयमा बुझाएको हो ।

सोमवार विभिन्न समयमा जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत समेतबाट सिमा एरियाहरुमा गस्तीमा खटिएका प्रहरी टोलीले ३ लाख बराबरको पटका तथा खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । त्यस्तै ११ लाख मुल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय मोरङले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत समेतबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोमवार एकैदिन ११ लाख मुल्य बराबरको आतिसबाजी (पटका), खाधान्न तथा लत्ता कपडाहरु बरामद गरेको हो ।

सो सामान प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । भारतीय सिमाक्षेत्रमा खटिएको प्रहरी टोली तथा विशेष सुराकका आधारमा मोरङको कटहरी–४ लोहन्द्रा घाटबाट १ लाख ८० हजार बराबरको पटका, ७ लाख बराबरको लत्ता कपडा तथा २ लाख २० हजार रुपैयाँ बराबरको खाधान्न सामानहरु बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले ६० हजार रुपैयाँ बराबरको भन्सार छली गरी ल्याएका खाधान्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । पछिल्लो समय प्रहरीले भन्सार छली गरी ल्याइएका सामानहरु धमाधम समात्न थालेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);