सिमेन्टको बोराभित्र लुकाई राखेको लागुऔषधसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सिमेन्टको बोराभित्र लुकाई राखेको लागुऔषधसहित दुई जना पक्राउ


काठमाडौं, ८ कार्तिक । महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले सिमेन्टको बोराभित्र लुकाई राखेको अवैध लागुऔषध बरामद गरेको हो ।

राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ६४९७ नम्बरको यात्रुवाहक बस चेक गर्दा लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताउनुभयो ।

राठौरका अनुसार पक्राउ पर्नेमा सिराहाको लहान वडा नम्बर २३ बस्ने वर्ष १६ का इन्द्रजीत सहनी लहानकै वडा नम्बर १३ बस्ने वर्ष २४ का अम्मर यादव रहेका छन् ।

उनीहरूको साथबाट सिमेन्ट बोरामा लुकाइराखेको नाइट्रोजेपाम १२ सय ट्याबलेट, डाइजेपाम १ सय ३४ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय ३० एम्पुल बरामद गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

पक्राउ परेकाहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);