यात्रु नहुँदा डडेल्धुरा बसपार्क सुनसान ! | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

यात्रु नहुँदा डडेल्धुरा बसपार्क सुनसान !

डडेल्धुरा, ८ कार्तिक । डडेल्धुरा बसपार्कमा यतिबेला यात्रु नभए पछि सवारीसाधनले बसपार्क भरिभराउ छ । अरुबेलाको चाडवाडमा घर जानेहरुको भिडले भरिभराउ हुने डडेल्धुरा बसपार्क अहिले सुनसान छ ।

कोरोना भाइरस संक्रमणका कारण ६ महिना बन्द रहेको सार्वजनिक यातायात एक महिनादेखि खुले पनि सवारीसाधनले यात्रु पाएका छैनन् ।

विगतमा टिकट नपाएर यात्रु घण्टौंसम्म बस कुरेर गन्तव्यसम्म पुग्ने गरेका थिए । तर अहिले सवारीसाधनले यात्रु पर्खिरहेका छन् । सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि गाडीले यात्रु पाएका छैनन् ।

विगतका वर्षमा घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक दुई सय ४१ को हाराहारीमा सार्वजनिक यातायात बाहिरिने गरेका थिए । अहिले भने दैनिक ५० देखि ६० सवारी साधनमात्र सञ्चालनमा रहेका यातायात व्यवसायीको भनाई छ ।

चाडवाडको समयमा बढी भाडा लिने तथा यात्रुलाई अनावश्यक रूपमा दुःख दिने बसको अनुगमन गर्न सादा पोशाकमा प्रहरी खटाइएको छ । त्यस्तै तीन स्थानमा नागरिक सहायता कक्ष पनि स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताउनुभयो ।

६ महिना थन्किएका सार्वजनिक सवारी मर्मतसम्भार गरेर सञ्चालनमा ल्याए पनि यात्रु नहुँदा समस्यामा परेको व्यवसायीहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);