नयाँ बसपार्कमा घर जाने यात्रुको भीड (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

नयाँ बसपार्कमा घर जाने यात्रुको भीड (फोटो फिचर)

काठमाडौं । काठमाडौंको गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भिडभाड आज पनि देखिएको छ । बिहीबार देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुने भएपछि आफ्नो घर फर्किने मानिसहरु नयाँ बसपार्क पुग्दा भीड बढेको हो । भीड बढेसँगै बसको टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् ।

बुधबार पनि गंगबुँस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीड लागेको छ । काठमाडौं उपत्यकामा बिहीबार बिहान देखि जारी गरिएको निषेधाज्ञा लामो समय सम्म रहने आशंका सहित मानिसहरु घर फर्किन लाग्दा नयाँ बसपार्क क्षेत्रमा भीड बढेको हो ।

भीड बढेसँगै लामो दूरीका सार्वजनिक यातायातमा टिकट नपाएको गुनासो यात्रुहरुले गरेका छन् । लामो दूरीका सवारी साधन थोरै भएका कारण नयाँ बसपार्कमा टिकट अभाव भएको हो । टिकट पाएकाले पनि महँगो शुल्क तिर्नुपरेको गुनासो गरेका छन् ।

टिकट खरिद गर्नका लागि भीडमा बस्नुपर्दा कोभिड सर्ने हो की भन्ने डर यात्रुहरुमा छ । कतिपय यात्रुहरु मास्कको प्रयोग ठिक ढङ्गले गरिरहेका देखिदैनन् । त्यस्तै स्वास्थ्य मापदण्डका कुनैपनि विधिहरु अवलम्बन गरिएको पनि देखिदैन् । भीड हेर्दा यस्तो लाग्छ की कतै यहिंबाट मानिसहरु संक्रमणमा परेर गाउँगाउँमा पुग्दैछन् ।

कतिपय यात्रुहरुले निषेधाज्ञा जारी हुनु भन्दा अगाडि दुई दिन मात्रै समय दिंदा भिडभाड बढेको बताएका छन् । कोभिड संक्रमण हुन सक्ने जोखिम हुँदाहुँदै पनि आफूहरु टिकट लिन भीडमा जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

नयाँ बसपार्कबाट देशभरका सबै जिल्लाका लागि सार्वजनिक यातायात छुटने गर्छन् । यहाँबाट दैनिक ८ सय देखि एक हजारको संख्यामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । अन्य समयमा यात्रु नपाएर खाली हिंडन बाध्य सार्वजनिक यातायातहरु मंगलबार र बुुधबार भने भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);