दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम

traffice police

काठमाडौं, २७ असोज । संस्कार समाज नेपालले चाडबाडको समयमा हुने दुर्घटना कम गर्न गोङ्गबुस्थित नयाँ बसपार्कमा दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

चाडपर्वका बेला सवारीसाधनमा यात्रुको चाप बढी भई दुर्घटना बढ्न सक्ने भएकाले उक्त समाजले आजदेखि चार दिनसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

ट्राफिक नियम पालना गरौँ, गराऔँ, यात्रा गर्दा ध्यान पु¥याऔँ, कसैले नियम विपरीत कार्य गरेमा प्रहरीलाई खबर गरौँ, चालक र यात्रुबीचको सम्बन्ध विकास गरौँ’ जस्ता विषय कार्यक्रममा समावेश गरिएको छ । उक्त कार्यक्रम चार दिनसम्म बिहान ७ देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

समाजले यसअघि उपत्यकाका विभिन्न स्थानमा ट्राफिक जनचेतनामूलक हरेक हप्ता सरसफाइ, विद्यालयमा संस्कारसम्बन्धी कक्षा सञ्चालनका साथै अनाथ तथा असहायलाई सहयोग गर्दै आएको अध्यक्ष पशुपति गुरुङले जानकारी दिए ।

‘असल संस्कार नै समृद्धिको आधार’ भएकाले समृद्ध मुलुक निर्माणका लागि असल संस्कार आवश्यक रहेको उहाँको भनाइ थियो । दशैँ लागेसँगै नयाँ बसपार्कमा दैनिकजसो यात्रुको भीड लाग्ने गरेको छ । दैनिक दुई हजारभन्दा बढी बस नयाँ बसपार्कबाट मुलुकका विभिन्न स्थानमा जाने भएकाले सो स्थानमा भीड लागेको छ ।

यस्तै यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायीको संयुक्त पहलमा नयाँ बसपार्कमा यात्रु सहायता कक्ष समेत सञ्चालन गरिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले यात्रुको समस्या समाधानका लागि उक्त कक्षमा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);