गूर्जा हिमाल चढ्ने क्रममा ८ को मृत्यु, एक बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गूर्जा हिमाल चढ्ने क्रममा ८ को मृत्यु, एक बेपत्ता

gurja himal

म्याग्दी, २७ असोज । म्याग्दीको गूर्जा हिमाल आरोहणमा गएका आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । काठमाडौंको प्रोजेक्ट वे ट्रेकिङ एजेन्सीबाट पाँच कोरियन नागरिक तथा उनीहरुको सहयोगमा गएका चार जना नेपाली भरियाहरु गुर्ज हिमाल चढ्न गएका थिए । उनीहरुको हिम पहिरो र आँधीमा परेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख डिएसपी बीरबहादुर बुढामगरका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य प्रभावित भएको छ । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको छ ।

मौसममा सुधार भएपछि मध्यान्ह पुनः खोजीमा जाने बुढामगरले बताउनुभयो । बिहान पोखराबाट गउको टोलीले शव देख्यौ भन्दै प्रहरीलाई जानाकारी गराएपछि मात्र उद्धारको प्रयास भएको थियो ।

आरोहण टोलीमा भरियाहरु अधिकांश गुर्जा गाउँकै भएको बताइएको छ । पश्चिम हिमालको नामले समेत चिनिने गुर्ज छ हजार ४६५ मिटर अग्लो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);