बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बडादशैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

kusmanda

काठमाडौं, २७ असोज । बडादशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।

त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको शास्त्रहरुमा बताईएको छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो ।

उष्ण हावापानीको प्रकृतिमा हुर्किने तर भित्री गुण शीतप्रद हुने फल कुभिण्डोलाई कुष्माण्डा देवीको प्रतीक मानेर दशैंमा यसको पूजाआजा गर्ने चलन छ ।शक्तिपीठ तथा देवी मन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बली समेत चढाउने गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);