झिझिया नाँचले तराइ मधेशको वातावरण उल्लासमय | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

झिझिया नाँचले तराइ मधेशको वातावरण उल्लासमय

श्याम गुप्ता

बारा, २७ असोज । तराईका जिल्लामा बडो धुमधामका साथ मनाइने झिझिया नाँचले यतिखेर मध्य तराई मधेशको वातावरण नैं उल्लासमय भएको छ । बिभिन्न सांस्कृतिक पर्वले धनी तराईका जिल्लाहरुमा झिझियाको ऐतिहासिक महत्व गज्जवको छ ।

डाइन भतर कटनो, नयाँ गुण सिखेली !
डाइन के दुनो आँख घोपबो हे !!
झिझिया खेले गईलोमें बाबा चहुपरिया !
झिझिया खेले गईले पहर्राईले हो !!

मध्य तराईका जिल्लाहरु दशैंको उल्लास प्रारम्भसँगै केही यस्तै परम्परागत झिझिया गीतले गुञ्जायमान भएका छन् । मध्य तराईको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, लगायतका बिभिन्न जिल्लाहरुमा झिझिया पर्व हिन्दु धर्म मान्ने किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले हरेक बर्ष धुम–धामका साथ मनाउने गरेका छन् ।

झिझिया पर्व तराईको मौलिक पर्वको रुपमा लिईन्छ र बिशेष रुपमा यस पर्वमा ग्रामिण भेगका किशोर–किशोरी तथा स–साना बाल–बालिकाहरुले एक समुह बनाई सामुहिक रुपमा झिझिया गीत गाउँने तथा नृत्य गर्ने गर्दछन् ।

दशैंमा बोक्सीहरुको उपद्रोबाट आफ्नो परिवार तथा आफ्ना गाउँलाई जोगाउने मान्यता रहे अनुसार झिझिया पर्व मनाउने गरेको पाइन्छ । शिरमा रहेको घैलामा हजारौं प्वाल पारेर ढकनीमा गोइंँठा सल्काएर तथा दियो बालेर नाच्ने गर्दछन् ।

घटस्थापना देखी नैं शुरु हुने यो झिझिया पर्व दशमीको दिन सम्पन्न हुने गर्दछ । झिझिया खेल्दा जम्मा भएको दक्षिणा, अन्नपात आदीले मिठाई तथा फल–फूल खरिद गरी समुहमा भएकाहरुले एक आपसमा बाँडेर खाई रमाईलो गर्ने प्रचलन प्राचिन काल देखि नैं चल्दै आईरहेको छ ।

बिक्रम सम्बत् २०५६ सालमा नेपाल सरकारको हुलाक बिभागले झिझिया नृत्यको सांस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको थियो । लोपन्मुख अवस्थामा रहेको यस्तो लोक सम्पदा शिक्षाको बिस्तार सँगै बोक्सा–बोक्सीको रुढिबादी भावनामा कमि आएकोले झिझिया खुम्चिँदै गएको महसुस यस क्षेत्रको ग्रामिण भेगका बुढा–पाखाले गरेका छन् । उनीहरुले झिझियाको संरक्षणका लागी युवा–जमातलाई लाग्नु पर्ने बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);