मधेश बन्दले जनजिवन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मधेश बन्दले जनजिवन प्रभावित

श्याम गुप्ता
११ फागुन, बारा ।
सरकारले १९ वर्ष पछि निर्वाचनको मिति घोषणा गरेसँगै केही महिना यता देखि शान्त रहेको मध्य तराई मधेशको जिल्लाहरु अहिले पुन ः अशान्त हुँन थालेको छ । तराईका जनताका हक , अधिकार संविधानमा नसमेटिएको जनाउँदै असन्तुष्ट रहेका दलहरुले भने , बुधवार तराई बन्द गरेका हुँन् ।

मधेश बन्दले जनजिवन प्रभावित

श्याम गुप्ता
११ फागुन, बारा ।
सरकारले १९ वर्ष पछि निर्वाचनको मिति घोषणा गरेसँगै केही महिना यता देखि शान्त रहेको मध्य तराई मधेशको जिल्लाहरु अहिले पुन ः अशान्त हुँन थालेको छ । तराईका जनताका हक , अधिकार संविधानमा नसमेटिएको जनाउँदै असन्तुष्ट रहेका दलहरुले भने , बुधवार तराई बन्द गरेका हुँन् ।
बाराको सदरमुकाम कलैया , पथलैया बिरगंज सडक खण्डमा पर्ने जीतपुर , परवानीपुर , नितनपुर लगायतको बाराको दक्षिणी भेगका बजार , पसलहरु बन्द रहेपनि जिल्लाको उत्तरी भेग निजगढ , पथलैया , सिमरा , अमलेखगंजमा भने , यसको प्रभाव परेको छैन् ।

मोर्चाका नेता तथा कार्यकर्ताहरुले जिल्ला स्थित सडकको बिभिन्न ठाउँहरुको बिच सड्कमा टायर बालेर सडक अबरुद्ध पारेका छन् । यता जीतपुर , बिरगंज , कलैयाबाट चल्ने लामो तथा छोटो दुरिको सवारीका साधनहरु चल्न सकेका छैनन् । भने सवारीका साधनहरु चल्न नसकेपछि यात्रुहरु आ–आफ्नों गन्तब्य तर्फ पैदल नैं हिँड्न बाध्य भएका छन् ।

मधेश बन्दका क्रममा कुँनै प्रकारको अप्रिय घटना हुँन नदिनका लागि जिल्लाको बिभिन्न स्थानहरुमा बाक्लो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस अघि मधेश बन्दको पूर्व संध्यामा मंगलवार साँझ संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मशाल जुलुश प्रदर्शन गरेको थियो । मोर्चाका नेता तथा कार्यकर्ताहरुले बाराको जीतपुर र सदरमुकाम कलैयामा साँझ मशाल जुलुश प्रदर्शन गरेका हुँन् ।
    

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);