संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने एमालेको अडान कायमै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने एमालेको अडान कायमै

१० फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने अडान कायमै राखेको छ ।

संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने एमालेको अडान कायमै

१० फाल्गुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले संविधान संशोधन विधेयक संसदमा अघि बढाउन नदिने अडान कायमै राखेको छ ।

मंगलबार एमाले पार्टी कार्यालय धुम्वराहीमा बसेको स्थायी समिति बैठकले संविधान संशोधन विधेयकमाथि छलफल गर्न नदिने पूर्ववत निर्णय कायमै राख्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनको मिति घोषणा गर्ने सरकारको कदम भने सकारात्मक भन्दै एमालेले स्वागत गरेको छ ।

बैठकले निर्वाचनको सुनिश्चितता गर्दै कानूनी र राजनीतिक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । स्थानीय तहको संख्या र सिमाना हेरफेर गर्ने सरकारको निर्णयको एमालेले बिरोध गरेको छ ।

स्थानीय तह पुनः संरचना आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार नै स्थानीय तहको निर्धारण गर्नुपर्ने एमालेको निष्कर्ष छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);