संसदमा सरकार–प्रतिपक्षी जुहारी, संशोधनक पारित गर्ने सरकारको दाउ,एमाले बनाउँदैछ असफल पार्ने रणनीति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

संसदमा सरकार–प्रतिपक्षी जुहारी, संशोधनक पारित गर्ने सरकारको दाउ,एमाले बनाउँदैछ असफल पार्ने रणनीति

आजको व्यवस्थापिका संसद बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गरिदै, प्रमुख प्रतिपक्षी नेकपा एमालेले विधेयक अघि बढ्न नदिने

संसद बैठकमा सकस

रामचन्द्र अर्याल,कठमाडौं

आज व्यवस्थापिका संसदको बैठक बस्दै छ । आजको बैठकमा संविधान संशोधन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।

संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष आजको संसद् बैठकबाट संशोधन विधेयक अघि बढाउने पक्षमा छ ।

यता, प्रमुख विपक्षी एमाले संशोधन विधेयक अघि बढ्नै नदिने रणनीतिमा छ ।

पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा संघीय समाजवादी फोरमले भाग लिए पनि मधेसकेन्द्रित छ दल एक भएर बनेको राष्ट्रिय जनता पार्टी नेपाल भने संशोधन विधेयक अघि बढाए मात्र निर्वाचनमा भाग लिने भन्दै सत्तापक्षलाई दबाब दिइरहेको छ ।

मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराउन भन्दै सरकारले आइतबार नै संशोधन विधेयक अघि बढाउने तयारी गरेको थियो ।

त्यतिखेर सत्तामै बसेको राप्रपाका १० जना सांसदले संशोधन विधेयकका पक्षमा मतदान नगर्ने भन्दै अनुपस्थित भएपछि संसद् बैठक आजका लागि तोकिएको थियो ।

पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्तामा उत्साह देखिए पनि दोस्रो चरणको निर्वाचन मधेसकेन्द्रित दलको प्रभाव क्षेत्रमा हुने भएकाले सरकार संशोधन विधेयक अघि बढाउने तयारीमा अघि बढेको हो ।

यता, विपक्षी एमाले मोर्चा भने प्रधानन्यायाधीश सुशीला कार्की्विरुद्ध सत्तासीन दलले दर्ता गरेको महाभियोग प्रस्तावको विरोध जनाउँदै संविधान संशोधन विधेयकलाई संसदमा प्रवेश नै गर्न नदिने तयारीमा रहेको छ ।

संशोधन विधेयकमाथि एमालेसहित सांसदका ४९ वटा संशोधन परेका छन् । विधेयकलाई अघि बढाउनुभन्दा संशोधन विधेयकलाई समितिमा पठाउनुपर्ने प्रस्ताव एमालेले गरिरहे पनि सत्तापक्षको त्यसमा असहमती छ ।

संसद् सचिवालयले भने बुधबार नै सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा संशोधन विधेयक निर्णयार्थ पेस गर्ने भन्ने उल्लेख गरेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);