सिन्धुपाल्चोकमा एमालेका २ र कांग्रेसका एक सदस्य निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिन्धुपाल्चोकमा एमालेका २ र कांग्रेसका एक सदस्य निर्विरोध

सिन्धुपाल्चोक,२१ बैशाख,देवराज सुवेदी ।
सिन्धुपाल्चोकमा नेकपा एमाले र कांग्रेसका उम्मेदवार वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त सूचना अनुसार नेकपा एमालेका दुइ दलित महिला सदस्यमा निर्वीरोध र नेपाली कांग्रेस एक महिला सदस्यमा निर्वीरोध भएका छन् ।

सिन्धुपाल्चोकमा एमालेका २ र कांग्रेसका एक सदस्य निर्विरोध

सिन्धुपाल्चोक,२१ बैशाख,देवराज सुवेदी । सिन्धुपाल्चोकमा नेकपा एमाले र कांग्रेसका उम्मेदवार वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । जिल्ला निर्वाचन कार्यालयबाट प्राप्त सूचना अनुसार नेकपा एमालेका दुइ दलित महिला सदस्यमा निर्वीरोध र नेपाली कांग्रेस एक महिला सदस्यमा निर्वीरोध भएका छन् । नेकपा एमालेबाट मेलम्ची नगरपालिका(४ मा उमेदवारी दिएकी कृष्णकुमारी नेपाली र इन्द्रावती गाउँपालिका १२ मा उमेदवारी दिएकी गीता सोनाम निर्बिरोध निर्वाचीत भएका हुन् ।

 

ती पदमा अन्य दलबाट उमेदवारी नपरेपछि उनीहरु निर्बिरोध भएका छन् । जिल्ला निर्वाचन आयोगले भने यसको औपचारिक पुष्टी गरेको छैन । त्यसैगरी नेपाली कांग्रेसबाट लिसंखुपाखर गाउँपालिका(५ मा दलित सदस्यमा उमेदवारी दिएकी सुनिता सुनार निर्विरोध निर्वाचित भएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);