जिसस म्याग्दीमा एमालेको प्यानल नै निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

जिसस म्याग्दीमा एमालेको प्यानल नै निर्वाचित

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख, उपप्रमुख सहित सदस्यहरुमा भएको निर्वाचनमा एमालेका उम्मेदवारहरुको प्यानल नै विजयी बनेको छ । प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा एमालेका उम्मेदवारहरु निरविरोध निर्वाचित भएका थिए । आइतवार मुख्य निर्वाचनको कार्यालय म्याग्दीमा सम्पन्न भएको जिससको निर्वाचनमा ७÷७ मत प्राप्त गरि नेकपा एमालेका तर्फबाट थापा र खत्री निर्वाचित भएका हुन् ।

थापा बेनी नगरपालिका वडा नम्वर १ रत्नेचौर बाट र खत्री मंगला गाउँपािलका वडा नम्वर १ कुँहुबाट वडा सदस्यमा निर्वाचित भएका थिए । प्रमुखमा निर्वाचित थापा नेकपा एमाले जिल्ला कमिटिका सहसचिव समेत रहेका छन् ।

त्यसैगरी जिसस प्रमुखमा गठवन्धनका तर्फबाट नेपाली काँग्रेसका मन कुमारी विश्वकर्माले ५ र उपप्रमुखमा नेपाली काँग्रेसकै सोहन श्रेष्ठले ५ मत प्राप्त गरेका छन् । गठबन्धनका उम्मेदवारले भन्दा २ मत बढी ल्याएर एमालेका उम्मेदवारहरु निर्वाचित बनेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । सदस्यहरु मनोनयन दर्ता कै दिन निर्विरोध निर्वाचित बनेका थिए ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या बेनी नगरपालिका ,श्रीप्रसाद गर्बुजा धबलागिरि गाउँपालिका, देब गर्बुजा पुन अन्नपूर्ण गाउँपालिका, महिला सदस्यहरु कविता विश्वकर्मा मंगला गाउँपालिका, गौमति चपाई मालिका गाउँपालिका, धनकुमारी सुनार रघुगंगा गाउँपालिका र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा बेनी नगरपालिका बाट निर्वाचित बनेका छन् । उनीहरु सवै नेकपा एमालेबाट उम्मेदवार बनेका थिए ।

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिको निर्वाचनका लागि १२ मतदाता रहेका थिए । एमालेको ७, काँग्रेसको ३ र माओवादीको २ मतदाता निर्वाचनमा सहभागी भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);